खेलकूद

एभरेष्ट प्रिमियर लीग (इपीएल)को मुख्य प्रायोजक बजाज पल्सर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते १८:३१
एभरेष्ट प्रिमियर लीग (इपीएल)को मुख्य प्रायोजक बजाज पल्सर (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लीग क्रिकेट (इपीएल)लाई बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ ।

काठमाण्डौमा आज एक कार्यक्रमबीच प्रायोजन सम्झौतामा गोल्छा समुहका अध्यक्ष शेखर गोल्छा र ईपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै प्रतियोगिता अब बजाज पल्सर ईपिएलका नाममा संचालन हुनेछ । नेपालमा बजाज पल्सरको आधिकारिक बिक्रेता गोल्छा समूहले ईपिएलसँग हालका लागि एक वर्षको सम्झौता गरेको र अन्य ३ संस्करणमा पनि जोडिने बताएको छ ।

कोरोनाका कारण यसपटक प्रतियोगितालाई टेलिभिजन केन्द्रित गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा ईपिएलको ट्रफि समेत सार्वजनिक गरिएको छ ।

आईसिसी विश्वकप क्रिकेटको ट्रफि निर्माण कम्पनीले नै यस पटकको ईपिएल ट्रफि बनाएको प्रबन्ध निर्देशक अख्तरले बताए । गतवर्ष नै हुनु पर्ने प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो ।

यसपटक असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरमा हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं किङ्स इलाभेनले पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीलाई टोलीमा अनुबन्ध गरिसकेको छ भने पाकिस्तानकै ब्याट्सम्यान शोएब मलिक र वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेटले पनि ईपिएल खेल्ने बताइएको छ ।

तर कुन टोलीबाट खेल्ने भने खुलाइएको छैन । प्रतियोगितामा काठमाडौंसँगै विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडियटर्स् र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्