खेलकूद

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते १८:०९
१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३औं संस्करण माल्दिभ्समा आयोजना हुने पक्का भएको छ।

आज बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता माल्दिभ्समा गर्ने निर्णय गरेको अखिल फुटबल संघ एन्फाले जनाएको छ ।

साफ आयोजनाका लागि नेपालले पनि दाबी गरेको थियो । तर कोरोना महामारीको अवस्थाका कारण नेपालको दाबी कमजोर बनेको हो ।

माल्दिभ्समा ६० प्रतिशतभन्दा बढीले खोप लगाइसकेकाले त्यही प्रतियोगिता गर्न सुरक्षित हुने भन्दै बैठकले निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

यसअघि साफ च्याम्पियनसीप फुटबल बंगलादेशमा हुने तय भएको थियो । तर कोरोना महामारी बढेको वंगबन्धु रंगशाला तयार नभएकाले बंगलादेशले हात झिकेको थियो ।

प्रतियोगिता आगामी असोज १५ देखि २७ सम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्