एएफसी महिला एसियन कप छनोट खेल नेपालमा नहुने निश्चित

२५ साउन २०७८ काठमाडौं । नेपालमा तय एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।
नेपालमा कोरोना संक्रमण बढेको भन्दै प्रतियोगिता उज्वेकिस्तानमा सारिएको एएफसीलाई उधृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
यो खेल दशरथ रंगशालामा हुने तय भएको थियो । यस समूहमा नेपाल, हङकङ र फिलिपिन्स छन् । सोही प्रतियोगिताका लागि अहिले प्रशिक्षक ग्यारी फिलिप्सले प्रारम्भिक चरणको प्रशिक्षण गराइरहेका छन् ।
प्रतियोगितालाई मध्यनजर गर्दै महिला टोलीलाई बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेलाउने तयारी समेत भइरहेको छ । छनोट प्रतियोगितामा कुल २८ टोली छन् ।
चारवटा समूहमा चार चार टिमले प्रतिष्पर्धा गर्नेछन् भने अरु चार समूहमा भने तीन तीन देशले प्रतिष्पर्धा गर्नेछन् ।
समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २ हजार २२ मा भारतका तीन शहरमा हुँदैछ ।
प्रतिक्रिया