खेलकूद

साफ च्याम्पियनसिपका लागि बुधबारदेखि पोखरामा प्रशिक्षण

हिमालय टिभी
२०७८ साउन २४ गते १९:०४
साफ च्याम्पियनसिपका लागि बुधबारदेखि पोखरामा प्रशिक्षण

२४ साउन २०७८ काठमाडौं । आसन्न साफ च्याम्पियनसिपको तयारीका क्रममा राष्ट्रिय फूटबल टोलीले बुधबारदेखि पोखरामा बन्द प्रशिक्षण थाल्ने भएको छ ।

साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीका लागि काठमाडौंमा प्रशिक्षण गरिरहेका ३६ सदस्यीय खेलाडीहरुलाई एन्फाले १० दिनको विदा दिएको थियो ।

विदा पछिको प्रशिक्षण पोखरामा गराउने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ । त्यसका लागि पर्सि खेलाडीहरु पोखरा पुग्ने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी भने यसअघि नै पोखरा पुगिसकेका छन् ।

काठमाडौंको प्रशिक्षणमा रहेका प्रकाश बुढाथोकी र एरिक विष्टको स्थानमा शिशिर लेखि र सेसेहाङ आङदेम्बे पोखराको प्रशिक्षणमा सामेल हुने एन्फाले जनाएको छ ।

त्यस्तै अघिल्लो चरणमा टोली बाहिर परेका गोलकिपर विशाल सुनार पनि पोखराको प्रशिक्षणमा सहभागी हुने छन् । अक्टोबरमा हुने साफ च्याम्पियनसिप आयोजनाबाट बंगलादेशले हात झिकेपछि नेपाल र माल्दिभ्सले आयोजनाको प्रस्ताव गरेका छन् ।

यसअघि नेपालले भदौ १७ र २० गते भारतसँगै दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्