खेलकूद

स्टार खेलाडी लियोनल मेस्सी नमिठो मान्दै क्लब बार्सिलोनाबाट बाहिरिए

हिमालय टिभी
२०७८ साउन २४ गते १८:१९
स्टार खेलाडी लियोनल मेस्सी नमिठो मान्दै क्लब बार्सिलोनाबाट बाहिरिए

२४ साउन २०७८ काठमाडौं । स्पेनियस क्लब बार्सिलोनाले आफ्ना स्टार खेलाडी लियोनल मेस्सीलाई आज औपचारिक रुपमा बिदाई गरेको छ ।

१३ वर्षको उमेरदेखिनै बार्सिलोनामा आबद्ध भएका अर्जेन्टिनी स्टार मेस्सीले क्याम्प नोउमा आयोजित बिदाई कार्यक्रममा भावुक हुँदै पुनः बार्सिलोना फर्किने प्रतिक्रिया दिए । बार्सिलोनामै रहने इच्छा भएपनि क्लब छोड्नु पर्दा दुख लागेको मेस्सीले बताए ।

गत सिजन र यो सिजनको अवस्था ठिक विपरीत भएको उनको भनाइ छ । गत वर्ष क्लब छाड्ने मनसायमा पुगेका मेस्सीले नयाँ व्यवस्थापन आएसँगै बार्सिलोनामै रहने इच्छा देखाएका थिए । तर क्लबले भने ला लिगाको कानूनी परिधिका कारण मेस्सीसँगको सम्झौता नवीकरण हुन नसकेको जनाएको छ ।

समर्थक सामु बिदाइ लिन नपाएकोमा खिन्न महसुस गरेका मेस्सीले आफ्नो आधा भन्दा बढि जीवन बार्सिलोनामा बितेको र केही वर्षपछि फर्कने इच्छा व्यक्त गरे । सन् २००० मा बार्सिलोनाको युथ ऐकेडेमीबाट क्लबमा जोडिएका उनले त्यहाँको सिनियर टोलीमा १७ सिजन बिताए ।

बार्सिलोनाको सिनियर टोलीबाट ७ सय ७८ खेल खेल्दै उनले ६ सय ७२ गोल गरेका छन् । क्लबका लागि ३५ उपाधि जितेका मेस्सीले चार पटक च्याम्पियन्स लिग र १० पटक स्पेनिस लिग जितेका छन् ।

त्यस्तै, ३ पटक फिफा क्लब विश्वकप, ७ पटक कोपा डेल रे र ८ पटक स्पेनिस सुपर कप बार्सिलोनाको नाममा रहँदा उनी टोलीका मुख्य हिस्सा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्