खेलकूद

केन्याका किपचोगेले जिते टोकियो ओलम्पिकमा पुरुष म्याराथनतर्फको स्वर्ण पदक

हिमालय टिभी
२०७८ साउन २४ गते ७:४१
केन्याका किपचोगेले जिते टोकियो ओलम्पिकमा पुरुष म्याराथनतर्फको स्वर्ण पदक

२४ साउन २०७८ टोकियो । केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिकमा पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् ।

इलुडले दुई ओलम्पिकमा लगातार म्याराथनतर्फ स्वर्ण जितेका हुन् । उनले सन् २ हजार १२ को लण्डन ओलम्पिकमा पनि स्वर्ण जितेका थिए । ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सकेण्डमा पूरा गरेका थिए ।

उनको यो चौथो ओल्म्पिक स्वर्ण पनि हो । उनी पुरुष म्याराथनमा धेरै ओलम्पिक स्वर्ण पदक जित्ने तेस्रो एथ्लीट पनि बने ।

नेदरल्याण्ड्सका एब्डी नाजिइले रजत जित्दा केन्याकै लरेन्स चिरोनोले काँस्य जिते । टोकियो ओलम्पिकमा आज १६औं दिनका खेल चलिरहँदा ३८ स्वर्ण पदकसहित चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ ।

चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काँस्य जितेको छ । उता दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ काँस्य जित्दा आयोजक जापान २७ स्वर्ण, १२ रजत र १७ काँस्यसहित तेस्रो स्थानमा छ ।

टोकियो ओलम्पिकमा आज १३ स्वर्ण पदकको छिनोफानो हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्