खेलकूद

लेष्टर सिटीले दोस्रोपटक जित्यो कम्युनिटी शिल्डको उपाधि

हिमालय टिभी
२०७८ साउन २४ गते ७:३७
लेष्टर सिटीले दोस्रोपटक जित्यो कम्युनिटी शिल्डको उपाधि

२४ साउन २०७८ काठमाडौं । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक जितेको छ ।

गएराति सम्पन्न फाइनलमा म्यानचेष्टर सिटीलाई १–० ले पराजित गर्दै लेष्टरले उपाधि उचालेको हो ।

वेम्बली रंगशालामा लेष्टरको जितमा केलिची इहिनाचोको गोल नै निर्णायक रह्यो । उनले ८९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लीग विजेता र एफए कप विजेताबीच प्रतिस्पर्धा हुन्छ । लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लीग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्