किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि
![किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि](https://www.himalayatv.com/wp-content/uploads/2021/08/the-voice.jpg)
२४ साउन २०७८ काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन थ्रिको उपाधि किरण गजमेरले जितेका छन्। उनले उपाधिसहित नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
यसैगरी टीम राजुबाट बागलुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट भोजपुरका ज्वाला राई फाइनलिस्ट भएका छन् । तीनैजना फाइनलिस्टले द भ्वाइस अफ नेपालको ट्रफी पाएका छन् ।
एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीले उनीहरुलाई भोट गरेका थिए । गएराती भएको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतीहरु दिएका थिए ।
अमेरिकामा बस्दै आएका किरण भ्वाइसकै लागि नेपाल आएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिएका छन् ।
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर वान सिंगिङ रियालिटी शोको टाइटल जितेका छन् ।
यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बूले यो उपाधि जितेका थिए ।
यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो ।
प्रतिक्रिया