खेलकूद

टोकियो ओलम्पिकमा केन्याकी पेरेस जेपचिरचिरलाई महिला म्याराथनतर्फ स्वर्ण

हिमालय टिभी
२०७८ साउन २३ गते ७:४९
टोकियो ओलम्पिकमा केन्याकी पेरेस जेपचिरचिरलाई महिला म्याराथनतर्फ स्वर्ण

२३ साउन २०७८ टोकियो । टोकियो ओलम्पिकमा केन्याकी पेरेस जेपचिरचिरले महिला म्याराथनतर्फ स्वर्ण पदक जितेकी छिन् ।

आज बिहान सम्पन्न म्याराथनको निर्धारित दूरी २ घण्टा २७ मिनेट २० सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेकी हुन् ।

केन्याकै ब्रिगीडले रजत र अमेरिकाकी मोलीले काँस्य जितिन् । उता महिला फुटबलतर्फ क्यानडाले पहिलो स्वर्ण पदक जितेको छ ।

जापानको योकोहामामा निर्धारित र अतिरिक्त समय एक(एक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटबाट पुगेको थियो । ट्राइब्रेकरमा क्यानाडा ३(२ ले विजयी भयो ।

ओलम्पिकको १५ दिनको खेल चलिरहँदा चीन ३६ स्वर्णका साथ पहिलो स्थानमा कायमै छ । उसले ३६ स्वर्ण २६ रजत र १७ काँस्य जितिसकेको छ ।

त्यस्तै दोस्रो स्थानको अमेरिकाले ३१ स्वर्ण,३६ रजत र ३२ काँस्य जित्दा तेस्रो स्थानमा रहेको आयोजक जापानले २४ स्वर्ण, ११ रजत र १६ काँस्य जितेको छ । आज ३४ स्वर्ण पदकको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्