समाज

जनकपुरधाम एयरपोर्टको दुर्दशा सिलिङ खसेर चालक घाइते (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते २०:४१
जनकपुरधाम एयरपोर्टको दुर्दशा सिलिङ खसेर चालक घाइते (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ धनुषा । विमानस्थल भनेको देशकै प्रतिष्ठासँग जोडिएको स्थल हो । आन्तरिक र बाह्य पर्यटकका साथै विशिष्ट व्यक्तिको समेत आवागमन हुने विमानस्थलको भवन गुणस्तरीय हुनु र त्यहाँ हरेक प्रकारका सुरक्षा हुन आवयश्क छ । तर जनकपुरधाम विमानस्थलमा भने जुनसुकै बेला कसैको पनि ज्यान जान सक्ने खतरा देखिएको छ ।

यो जनकपुरधाम विमानस्थल । यो विमानस्थलको यो टर्मिनल भवनबाट दैनिक हजारौँ यात्रुले यात्रा गर्छन् । तर आज यहाँ भवनको फल्स सिलिङ्ग खसेर एक जना घाइते भए ।

गत मंसिरमा मात्र उदघाटन भएको विमानस्थलको नयाँ टर्मिनल भवनकै छानाको जिप्सन खसेर गेटमा यात्रु कुरिरहेका सवारी चालक हुसलेन खानको टाउकोमा बज्रिएको थियो ।

खानको अस्पतालमा उपचार भइरहेको छ र उहाँको टाउकोमा टाँका लगाइएको छ ।

भवनको जिप्सन खसेको यो पहिलो हैन । यसअघि पनि टर्मिनल भवनको माथिल्लो भागका जिप्सन खसेको थियो । अहिले पनि त्यसको पुनर्निर्माण जारी छ ।

४ हजार १ सय ३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । यो बिलकुलै नयाँ प्रविधि हो । जुन नेपालका अन्य विमानस्थलमा प्रयोग गरिएको छैन ।

आठ वर्ष अगाडि ४२ करोड रुपैयाँको लागतमा टर्मिनल भवन निर्माणको ठेक्का पाएको थेगिन जाल्भा, उमा जेभी कन्सट्रक्सन कम्पनीले गत मंसिर २३ गते हस्तान्तरण गरेको थियो । तर आठ महिना नबित्दै सिमेन्ट बोर्ड र जिप्सन, प्लाई र फलाम धमाधम झर्न थालेपछि निर्माणको गुणस्तरलाई लिएर प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *