खेलकूद

अर्को महिना नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण फूटबल खेल्ने

हिमालय टिभी
२०७८ साउन २२ गते १८:४५
अर्को महिना नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण फूटबल खेल्ने

२२ साउन २०७८ काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीले अर्को महिना भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भारतसँग भदौ १७ र २० गते मैत्रीपूर्ण फूटबल खेल्ने जानकारी दिएको हो । खेल दशरथ रंगशालामा हुनेछ ।

साफको तयारीमा रहेको यि दुई देशबीच अहिलेसम्म १९ पटक खेल हुँदा भारतले १३ खेल जितेको छ । नेपालले २ खेल मात्र जितेको छ । सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई २–१ गोल अन्तरले हराएयता नेपालले कुनै खेल जित्न सकेको छैन् ।

नेपाल र भारतबीच दशरथ रंगशालामा पछिल्लो पटक २०१८ को विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो । ६ वर्ष अगाडी भएको त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

साफ अगाडी नै एन्फाले अन्य देशसँग पनि मैत्रीपूर्ण खेलका लागि तयारी गरिरहेको छ । अहिलेसम्म भारत बाहेक अन्य ३ राष्ट्रले पनि मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्