खेलकूद

टोकियो ओलम्पिकको १५औं दिन, पदक तालिकामा चीनको अग्रता कायमै

हिमालय टिभी
२०७८ साउन २२ गते १८:४०
टोकियो ओलम्पिकको १५औं दिन, पदक तालिकामा चीनको अग्रता कायमै

२२ साउन २०७८ काठमाडौं । टोकियो ओलम्पिकमा आज १५ औं दिनका खेल चलिरहँदा पदक तालिकामा चीनको अग्रता कायमै छ । अमेरिकाले उसलाई दबाब बढाएको छ ।

चीनले दोस्रो स्थानको अमेरिकाभन्दा ४ स्वर्णको मात्रै अग्रता बनाएको छ । चीनको ३४ स्वर्ण, २४ रजत र १७ काँस्यसहित ७५ पदक छ । दोस्रो स्थानको अमेरिकाले आज १ स्वर्ण थपेको छ ।

आज बिहान भएको महिला विच भलिबलमा अष्ट्रेलियालाई हराउँदै अमेरिकाले स्वर्ण जितेको हो । अमेरिकाको ३० स्वर्ण, ३५ रजत र २७ काँस्य सहित ९२ पदक पुगेको छ ।

तेस्रो स्थानको आयोजक जापानको २२ स्वर्ण १० रजत र १५ काँस्य सहित ४७ पदक छ । ग्रेट ब्रिटेनले आज दुई स्वर्ण थपेर चौंथो स्थानमा उक्लिएको छ । उसले अहिलेसम्म १८ स्वर्ण १८ रजत र १९ कांस्यसहित ५५ पदक जितिसकेको छ । एक स्वर्ण थपेको रुसी ओलम्पिक कमिटी पाँचौ स्थानमा उक्लिएको छ । उसको १७ स्वर्ण पुगेको छ ।

त्यति नै स्वर्ण जितेको अष्ट्रेलिया छैठौं स्थानमा छ । नेदरल्याण्डले आज महिला हक्कीको उपाधिसहित तीन स्वर्ण जितेको छ । उसले हक्कीको फाइनलमा अर्जेन्टिनालाई ३१ गोल अन्तरले हराएको छ ।

अन्य दुई स्वर्ण उसले साइक्लिङमा जितेको हो । पोल्याण्ड, इटाली र क्युबाले आज एक(एक स्वर्ण पदक थपेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्