समाज

दाङमा लागु औषध र वन्यजन्तु तस्करी अनियन्त्रित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते १४:५७
दाङमा लागु औषध र वन्यजन्तु तस्करी अनियन्त्रित (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ दाङ । दाङ पछिल्लो समय लागु औषध र प्रतिबन्धित वन्यजन्तुका अंग तस्करीको केन्द्र बन्दै गएको छ। नियन्त्रणका लागि प्रहरीले प्रयास गरिरहेको बताए पनि तस्करी झन बढ्दै गएको छ ।

अवैध लागूऔषध तथा प्रतिबन्धित वन्यजन्तुको अंगको ओसारपसारको रूपमा दाङलाई केन्द्र बनाउँदै आएका तस्करले पछिल्लो समयमा दाङलाई सुरक्षित स्थानमा रुपमा लिएका छन् । र उनीहरुले दाङमै यसको विक्री वितरण गर्न थालेको अनुसन्धानबाट खुलेको छ । तुलसीपुर र घोराहीका धेरै ठाउँमा लागु औषधको कारोवार हुने गरेको प्रहरीले जनाएको छ ।

रोल्पा, रूकुम, सल्यान, प्यूठान, अर्घाखाँची ,बाँके मात्र नभइ भारतसँग पनि जोडिएकाले दाङलाई तस्करले केन्द्रबिन्दु बनाउने गरेको प्रहरीको भनाइ छ । लागूऔषध कारोबारमा १५ देखि ४० वर्ष उमेर समुहका लागेको पाइएको छ । जिल्लामा विभिन्न संघ संस्था, प्रहरीले पनि लागू औषध लगायत अपराध रोक्न काम गर्दै आइरहेका छन् । तर, पनि त्यो अझै बढ्दै गएको छ ।

दाङ आधा दर्जनभन्दा बढि सुधार गृह संचालनमा छन् । विभिन्न कारणले युवा दुर्व्यसनीमा लाग्ने भएकाले परिवारले ध्यान दिनुपर्ने सुधार गृह संचालकहरुको सुझाव छ ।

लागू औषध संलग्न मुख्य व्यक्तिभन्दा पनि भरियाको रुपमा काम गर्नेहरु बढी पक्राउ पर्ने गर्दछन् । केही व्यक्तिहरु भने पैसा कमाउने लोभमा यस्तो कारोवार गर्ने सामाजिक क्षेत्रमा काम गर्दै आएका व्यक्तिको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार दाङ २०७६–७७ मा ६० किलो चरेस साढे २ किलो अफिम र २२० ग्राम ब्राउन सुगर सहित ३५ वटा मुद्दा दर्ता भएको छ । र ५८ जना पक्राउ परेका थिए ।

त्यस्तै २०७७–७८ मा ४४५ ग्राम ६४९ मिली ग्राम ब्राउन सुगर, २१ किलो ८१७ ग्राम अफिम, १५ किलो चरेस, २ किलो ७३२ ग्राम गाँजा र २ हजार ४ सय ९० ट्याब्लेट नाइट्रोभेट, ट्रामाडोलसहित ३१ वटा मुद्दा दर्ता भएकोमा ५९ जना पक्राउ परेका थिए । त्यसैगरी चालु आर्थिक वर्ष २०७८(७९ को हाल सम्म ९ किलो चरेस र १२२ ग्राम २९० मिली ग्राम ब्राउन सुगर सहित ५ वटा मुद्दा दर्ता भएकोमा ८ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *