आर्थिक

नयाँ सरकारको प्राथमिकता हेरेर मात्र मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २० गते १६:४७
नयाँ सरकारको प्राथमिकता हेरेर मात्र मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी (भिडियो रिपोर्टसहित)

२० साउन २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सरकारको प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने स्पष्ट पारेको छ ।

अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले अब नयाँ सरकारका प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै मौद्रिक नीति ल्याउने बताउनुभयो ।

पोहोरको जस्तै यसपालीको मौद्रिक नीतिले पनि कोरोना प्रभावित क्षेत्र र व्यवसायीलाई सहुलियत दिने गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा सांसदले व्यापार घाटा कम गर्न विलासिताका वस्तुको आयातमा रोक लगाउन सुझाव दिएका थिए । उनीहरुको सुझाव सुनेपछि गभर्नर अधिकारीले व्यापार घाटा कम गर्न विलासिताका बस्तुको आयातमा रोक लगाउने प्रतिवद्धता जनाउनुभयो ।

गभर्नर अधिकारीले कृषि, पर्यटन र मनोरञ्जन क्षेत्रलाई टिकाई राख्न पनि सरकारले सहुलियत दरमा कर्जा प्रवाह गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *