टोकियो ओलम्पिकमा फराकिलो अग्रता बनाउँदै चीन

१९ साउन २०७८ टोकियो । टोकियो ओलम्पिकको पदक तालिकामा शीर्ष स्थानको चीनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
आज चीनले थप तीन स्वर्ण पदक जितेको छ । उसले आज पुरुष र महिला जिम्नास्टिक तथा डाईभिङमा स्वर्ण जितेको हो । अहिलेसम्म चीनले ३२ स्वर्ण, २० रजत र १६ काँस्य सहित ६८ पदक जितेको छ ।
कुल पदकमा पनि चीन अमेरिकासँगै पहिलो स्थानमा छ । दोस्रो स्थानको अमेरिकाले २२ स्वर्ण, २७ रजत र १९ काँस्यसहित ६८ पदक जितेको छ । तेस्रो स्थानको आयोजक जापानले आज दुई स्वर्ण थपेको छ ।
महिला बक्सिङतर्फ जापानले पहिलो पटक स्वर्ण जितेको छ । अर्को स्वर्ण उसले जिम्न्यास्टिकमा पाएको छ । जापानले अहिलेसम्म १९ स्वर्ण, ६ रजत र ११ काँस्य पदक छ ।
चौंथो स्थानको अष्टेलियाको १४ र पाँचौं स्थानको बेलायतको १३ स्वर्ण छ । एथ्लेटिक्स अन्तर्गत पुरुष चार सय मिटर हर्डल्समा नर्वेका कार्स्टन वारहोमले ४५ दशमलव ९४ सेकेण्डमा दुरी पुरा गर्दै विश्व कीर्तिमान बनाएका छन् ।
पुरुष फुटबलमा ब्राजिल मेक्सिकोलाई हराउँदै फाइनलमा पुगेको छ ।
प्रतिक्रिया