समाज

हवाइ मार्गबाट जोडिए नेपालगञ्ज र पोखरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते १८:००
हवाइ मार्गबाट जोडिए नेपालगञ्ज र पोखरा (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ पोखरा । मध्यपश्चिमको ठूलो शहर नेपालगञ्ज र गण्डकी प्रदेशको राजधानी पोखरा हवाइ मार्गबाट जोडिएका छन् ।

नेपालगञ्ज–पोखरा–नेपालगञ्ज रुटमा उडान शुरु भएपछि हवाइ यात्रा सहज भएको छ । बुद्ध एयरले हप्तामा तीन दिन यो रुटमा उडान शुरु गरेको छ ।

कोरोना कहरका कारण झन्डै डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्र सुनसान छ । र कोरोना कहर अझै कम नभएका कारण पोखराको पर्यटन व्यवसायले कहिलेदेखि लय समात्ने हो कुनै टुंगो छैन ।

तर पछिल्लो पटक नेपालगञ्ज पोखरा रुटमा हवाइ उडान शुरु भएपछि पोखराका पर्यटन व्यवसायीमा केही आशा पलाएको छ । हवाइ उडान शुरु भएपछि नेपालगञ्ज हुँदै भारतबाट आउने पर्यटकको संख्या बढ्ने पर्यटन व्यवसायीको विश्वास छ ।

हिमाल र ताल अवलोकन तथा मुक्तिनाथ जाने धार्मिक पर्यटक आउनेमा जसरी पोखराका व्यवसायी आशावादी छन् । त्यसैगरी मध्यपश्चिमका व्यवसायी बन्यजन्तु अवलोकनका लागि पोखराका पर्यटक नेपालगञ्ज र बर्दिया आउनेमा आशावादी छन् ।

बर्दिया राष्ट्रिय निकुन्ज जैविक बिबिधता र दुर्लभ पाटे बाघ अवलोकनका लागि चर्चित गन्तव्य हो । हवाइ उडान शुरु भएसँगै पर्यटन व्यवसायीले बर्दिया निकुन्जमा जंगल सफारी सहितको प्याकेज र पोखरामा पनि हिमाल अवलोकन, ताल र गुफा भ्रमणको प्याकेज ल्याएका छन् ।

अहिले हप्तामा ३ दिन सानो जहाजबाट उडान शुरु गरेको बुद्ध एयरले यस्तै गरी यात्रु बढेमा छिट्टै नै ठूलो जहाजबाट दैनिक उडान गर्ने लक्ष्य राखेको छ ।

नेपालगञ्जदेखि पोखरा सम्मको हवाई भाडा भने ४ हजार ९ सय ३५ देखि ७ हजार ६ सय ३५ रूपैयाँ निर्धारण गरिएको छ ।कोरोनाका कारण भारतीय बोर्डर नखुल्दा आवतजावत रोकिए पनि अवस्था केही सहज भएसँगै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन पनि यो उडान बहुउपयोगी बन्ने पर्यटन व्यवसायीले बताएका छन् ।

यो उडानले कोरोना संक्रमणका कारण थलिएको दुवै शहरको पर्यटन व्यवसाय नेपालगन्ज पोखरा उडानले केहि हद सम्म भए पनि उकास्ने विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *