खेलकूद

टोकियो ओलम्पिकमा चीनको फराकिलो अग्रता, चिनियाँ खेलाडीको विश्व कीर्तिमान

हिमालय टिभी
२०७८ साउन १८ गते १९:२८
टोकियो ओलम्पिकमा चीनको फराकिलो अग्रता, चिनियाँ खेलाडीको विश्व कीर्तिमान

१८ साउन २०७८ टोकियो । टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

चीनले आज मात्रै पाँचवटा स्वर्ण पदक जितेको छ । उसले अहिलेसम्म २९ स्वर्ण, १७ रजत तथा १६ काँस्यसहित जम्मा ६२ पदक जितेको छ ।

चीनले आज भारत्तोलनमा दुई तथा पुरुष जिम्न्यास्टिक, साइक्लिङ र सुटिङमा एकएक स्वर्ण पदक जितेको छ । सुटिङ ५० मिटर राइफलमा चीनका झ्याङ छाङहोङले ४ सय ६६ अंकसहित विश्व कीर्तिमान बनाएका छन् ।

अमेरिका दोस्रो स्थानमा छ । उसले आज दुईवटा स्वर्ण थपेको छ । अमेरिकाले अहिलेसम्म २२ स्वर्ण, २५ रजत र १७ काँस्य सहित ६४ पदक जितेको छ । तेस्रो स्थानको जापानले आज स्वर्ण थप्न सकेन ।

उसले अहिलेसम्म १७ स्वर्ण, ६ रजत र १० काँस्य जितेको छ । महिला डबल ब्याटमिन्टनमा चीनलाई हराउँदै इण्डोनेसियाले पहिलो स्वर्ण जितेको छ । ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्