खेलकूद

अखिल नेपाल फूटबल संघ (एन्फा)मा किन चल्यो राजीनामाको लहर ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १९:०६
अखिल नेपाल फूटबल संघ (एन्फा)मा किन चल्यो राजीनामाको लहर ? (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)मा पछिल्लो समय लगातार राजीनामा दिने क्रम रोकिएको छैन् । यसैबीचमा आज प्रवक्ता किरण राईले पनि राजीनामा दिएका छन् ।

३ वर्षदेखि एन्फा प्रवक्ताको जिम्मेवारीमा रहेका राईले बरिष्ठ उपाध्यक्ष नेम्वाङको रोहवरमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ताबाट राजीनामा दिएको पत्र बुझाए । प्रवक्ता छाडेका उनले एन्फाको विवाद समाधानका लागि नयाँ चुनाव गर्न माग गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद मिलाउन एन्फा असफल रहेको उनले आरोप लगाएका छन् ।

संस्थाभित्र समाधान हुन सक्ने सामान्य विषयको छानबिनका लागि खेलकूद मन्त्रालयमा सिफारिस गर्नु एन्फाको गल्ती रहेको र यसले खराब नजिर बसाउने उनले बताए ।

३ वर्षअघि भएको एन्फाको १६ औं साधारण सभाबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

यसअघि एन्फाका सहायक महासचिव बसन्तराज अर्यालले हिजो पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्