खेलकूद

एन्फाका प्रवक्ता किरण राईद्वारा पदबाट राजीनामा

हिमालय टिभी
२०७८ साउन १८ गते १५:३५
एन्फाका प्रवक्ता किरण राईद्वारा पदबाट राजीनामा

१८ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाका प्रवक्ता किरण राईले पनि पदबाट राजिनामा दिएका छन् ।

बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद मिलाउन एन्फा चुकेको भन्दै राईले प्रवक्ताबाट राजीनामा दिएका हुन् ।

उनले आज बरिष्ठ उपाध्यक्ष नेम्वाङको रोहवरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा बुझाएका छन् ।

पछिल्लो समय विकसित विवादको घटनामा एन्फाले संस्थागत निर्णय गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्