ए डिभिजन लीग फूटबल दुई महिना पछि सर्यो, बढ्यो पुरस्कार राशी

१७ साउन २०७८ काठमाडौं । असोज ३ गतेदेखि हुने भनिएको सहिद स्मारक ए डिभिजन लीग दुई महिना पछि सरेको छ ।
अखिल नेपाल फूटबल संघ एन्फा र १४ ए डिभिजन क्लबबीच आज भएको बैठकले लीग दुई महिना पछि सार्ने निर्णय गरेको हो । अब लीग कार्तिक २९ गतेदेखि शुरु हुनेछ ।
यसअघि एन्फाले तोकेको मितिमा केही क्लबले असन्तुष्टि जनाएका थिए । तर एन्फाले अक्टोबर पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले लीग सारिएको जनाएको छ ।
बैठकमा लीग विजेताले पाउने पुरस्कार राशीमा पनि वृद्धि गर्ने निर्णय भएको छ । अघिल्लो संस्करणभन्दा पुरस्कार राशीमा २५ लाख रुपैयाँ वृद्धि गरिएको छ । जसअनुसार विजेताले ७५ लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै दोस्रो हुनेले ५० लाख पाउनेछ । लीगको तयारीका लागि एन्फाले सहभागी सबै क्लबलाई २० लाख रुपैयाँ दिनेछ ।
लीगमा सबै टोलीले एक अर्कासँग खेले पछि तालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । १४ क्लब सहभागी हुने लीग एक चरणमा संचालन हुनेछ ।
प्रतिक्रिया