समाज

रुपन्देहीमा गाउँ ब्लक : जग्गाधनीले अझै पाएनन अझै पूर्जा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १७:१६
रुपन्देहीमा गाउँ ब्लक : जग्गाधनीले अझै पाएनन अझै पूर्जा (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ रुपन्देही । रुपन्देही जिल्लामा अझै १ हजार ३ सयभन्दा बढी गाउँ ब्लकको जग्गाको पूर्जा व्यक्तिले पाउन बाँकी छ ।

विक्रम संवत २०२१ मा भूमि सुधार ऐन बनेर देशभर नापचाँज भए पनि ति क्षेत्रमा भने काम अघि बढेको छैन । लालपूर्जा नहुँदा जग्गाधनीलाई समस्या भइरहेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का कृष्ण श्रेष्ठको गाउँ ब्लकमा जग्गा छ । जग्गा र घर भए पनि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भने छैन । जग्गाको लालपूर्जा नहुँदा उँहा बैंकमा पुगेर घरजग्गा धितोमा राखेर ऋण लिन पाउँनुहुन्न ।

गाउँ ब्लक अन्तर्गत रहेको जग्गाको कर भने उँहाले प्रत्येक वर्ष बुझाउँदै आउँनु भएको छ । जग्गाको नापनक्सा पनि भयो, तर हालसम्म लालपूर्जा हात छैन ।

गाउँ ब्लकमा जग्गा पर्ने नागरिकसंग रहेका सबै कागजात वडा कार्यालयले संकलन गरिरहेको छ । वडा कार्यालयले संकलन गरेका विवरण नगरपालिकामा पठाउने र नगरपालिकाले नापी कार्यालयमा लालपूर्जा प्राप्तिका लागि पहल गर्ने भएको छ ।

सिद्धार्थनगरको गाउँ ब्लकमा रहेका स्टकवा, दोगहरा, एअरपोर्ट (विमानघाट पथ), खण्डवा लगायत टोलका करिब २५० घरधुरी लालपूर्जाविहीन छन । शिद्धार्थनगर नगरपालिकामा मात्र होइन रुपन्देही जिल्लाभर १ हजार ३ सय बढी गाउँ ब्लकको जग्गाको पूर्जा व्यक्तिले पाउन बाँकी छ ।

नापी कार्यालयले साधन र श्रोतको अभावले गर्दा सोचे जस्तो काम गर्न नसकेको बताउँदै आएको छ । २ वर्षको अन्तरालमा ४ सय बढी गाउँ ब्लकको जग्गा नापनक्सा गरेर पूर्जाहरु तयार गरेर वितरण गर्ने तयारीमा छ ।

जनशक्तिको अभाव हुँदा लालपुर्जा वितरणमा ढिलाई भईरहेको नापि कार्यालयले जनाएको छ । यसरी लालपुर्जा वितरणमा ढिलाई हुँदा आफ्नै जग्गा भएर पनि जग्गा धनिले लाभ लिन सकेका छैनन । यसको लागि गाउँब्लकलाई अभियान नै सञ्चालन गरेर छुटेका जग्गाहरुको नापनक्सा गरेर पूर्जा वितरण गर्ने तर्फ नापी कार्यालय अगाडी बढ्नु पर्ने देखिन्छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *