समाज

पुल नहुँदा कैलारी गाउँपालिकाका नागरिक यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १४:१४
पुल नहुँदा कैलारी गाउँपालिकाका नागरिक यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ कैलाली । मोहना नदीमा पुल नहुँदा कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर गाउँका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

एक छाक टार्न र औषधि उपचारका लागि भारतको भर पर्दै आएका उनीलाई नदीमा पुल नहुँदा समस्या भएको छ । पुल नभएपछि कैलाली गाउँपालिका कार्यालयमा सेवा लिन आउँने नागरिक र विद्यार्थी जेखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

८४ घर र ४ सय ७० जनाको बसोबास रहेको कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुरमा पठनपाठनका लागि कक्षा ५ सम्म प्राविधिक विद्यालय मात्रै छ । माध्यामिक तह तथा उच्च शिक्षाका लागि खोलापारी रहेको गाउँमा जानुपर्ने बाध्यता छ ।

नदीमा पानीको बहाब बढेपछि विद्यार्थीको पढाइनै प्रभावित हुने गर्दछ । पानी घटेको समयमा डुंगाको सहायताले वारवार गरिरहेका विद्यार्थी बर्खाको समयमा विद्यालय जानबाटै बञ्चित हुने गरेका छन् ।

शिक्षा हासिल गर्नका लागि मात्र होइन पुल नहुँदा बिरामी पर्दा सामान्य औषधि उपचार र गाउँपालिकाको कार्यालयबाट लिनुपर्ने सेवा सुविधाबाट समेत नागरिक बञ्चित हुँदै आएका छन् । गाउँमै स्वास्थ्य चौकी नहुँदा जटिल प्रकृतिको बिरामीलाई निकै समस्या हुने गरेको छ । सुत्केरी हुँदा पनि खोलामा पुल नहुँदा समस्या परेको छ ।

पुल निर्माणको काम त भइरहेको छ तर निकै ढिलो गतिमा । निर्माण सामग्री पर्याप्त नहुँदा निर्माणमा समस्या भए पनि चालु आर्थिक वर्षभित्रै पुल निर्माण हुने जनप्रतिनिधिको दाबी छ ।

कतै पुल नभएर नागरिकले जोखिम मोलेरै नदी तर्नुपर्छ त कतै बाटो नभएकै कारण जोखिमपुर्ण यात्रा गर्नुपर्छ । ठेकेदारले समयमा पुल निर्माण नगरेकै कारण नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको छ । नागरिकका यी आम समस्या प्रती सरकार कहिले गम्भिर बन्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *