खेलकूद
टोकियो ओलम्पिकमा चीनको आग्रता कायमै
२०७८ साउन १७ गते ९:३३
१७ साउन २०७८ टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ ।
ओलम्पिकको नवौं दिनको समाप्तिमा चीन २१ स्वर्ण, १३ रजत र १२ काँस्य जित्दै कूल ४६ पदकसहित शीर्ष स्थानमा रहेको छ ।
हिजोसम्म कूल १ सय ५४ स्वर्ण पदकको टुंगो लागिसकेको छ । त्यस्तै आयोजक जापान दोस्रो स्थानमा रहँदा अमेरिका तेस्रो स्थानमा छ ।
जापानले १७ स्वर्ण, ५ रजत र ८ काँस्य जित्दा अमेरिकाले १६ स्वर्ण, १७ रजत र १३ काँस्य पदक जितेको छ । आज २५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया