खेलकूद

वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

हिमालय टिभी
२०७८ साउन १७ गते ९:३०
वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

१७ साउन २०७८ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा पाकिस्तान विजयी भएको छ ।

दोस्रो टी(२० मा पाकिस्तानले घरेलु टोली वेष्ट इण्डिजलाई ७ रनले हराएको हो । १ सय ५८ रनको लक्ष्यसहित मैदान ओर्लेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ५० रनमात्र जोड्न सक्यो ।

वेष्ट इण्डिजका निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै रिटायर्ड हर्ट भएका इभिन लेविसले ३५ रन बनाए ।

पाकिस्तानका मोहमद हाफिज, शहिन शाह अफ्रिदी, हसन अली र मोहमद वासिमले समान १(१ विकेट लिए । यसअघि गुएनामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५७ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले ५१ रन जोडे ।

त्यस्तै मोहम्मद रिजवान ४६ रनमा पेभेलिएन फर्के । यससँगै रिजवान एक वर्षमा ट्वेन्टी(ट्वेन्टीमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको कीर्तिमान बनाए । उनलले सन् २ हजार २१ मा ७ सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन् ।

रिजवानले आयरल्याण्डका पाउल स्ट्रर्लिङको कीर्तिमान तोडेका हुन् । २ हजार १९ मा ७ सय ४८ रन बनाएका पाउलको नाममा कीर्तिमान थियो । वेष्ट इण्डिजका ज्यासन होल्डरले ४ विकेट हात पारे ।

जितसँगै पाकिस्तानले ४ खेलको श्रृंखलामा १(० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण बिना नतिजा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्