समाज

जोरायलको सुन्दरता – वुदार झरनामा आन्तरिक पर्यटकको यस्तो भिड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १६:४६
जोरायलको सुन्दरता – वुदार झरनामा आन्तरिक पर्यटकको यस्तो भिड (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवनमा रहेको झरना अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायत क्षेत्रबाट झरना अवलोकन गर्न जाने गरेका छन् ।

लामो समयदेखि ओझेलमा परेको डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवनमा रहेको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले झरनामा पुग्ने जो कोहीको मन लोभिएको छ ।

झरना हेर्नका लागि सुदूरपश्चिमको अस्थाई मुकाम धनगढी लगायतका शहरबाट सयौँ मानिस पुग्ने गरेका छन् । तराईको उखरमाउलो गर्मि छल्न पहाड उक्लिनेहरु बुडरको यो झरना नपुगि फर्किदैनन् ।

विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले सामाजिक सञ्जालका कारण सबैको मुखमा झुन्डिँदै गएको छ । नाम मात्रै सुनेका र झरनाको तस्वीर मात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका छन् ।

कैलालीको धनगढी, अत्तरिया तथा कञ्चनपुरबाट तीन(चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेका छन् । झरनाले पर्यटन प्रवर्द्धनमा निकै भूमिका खेले पनि केही व्यवस्थापनमा कमी देखिएको पर्यटकको प्रतिक्रिया छ ।

वुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटक बढाउन जोरायल गाउँपालिकाले आफ्नोतर्फबाट सक्यो प्रयास गरेपनि त्यो प्रयाप्त नभएको गाउँपालिका अध्यक्ष दुर्गा ओझाले पनि स्वीकार्नु भएको छ ।

पछिल्लो समय पर्यटकको संख्या बढेपछि त्यसको प्रचार प्रसार तथा त्यहाँ सरचना निर्माणका लागि प्रदेश सरकार र संघ सरकारलाई गाउँपालिकाले सहयोगका लागि आग्रह गरेको छ।

निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटकिय क्षेत्रको यो झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *