समाज

अव्यवस्थित रुपमा राखिएका होडिङ् बोर्डका कारण बागलुङ बजार यस्तो कुरुप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १४:३९
अव्यवस्थित रुपमा राखिएका होडिङ् बोर्डका कारण बागलुङ बजार यस्तो कुरुप (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ बागलुङ । प्रवेशद्वार मालढुङ्गामा अव्यवस्थित रुपमा राखिएका होडिङ् बोर्डका कारण बागलुङ बजार कुरुप बनेको छ ।

मालढुङ्गामा व्यावसायिक प्रयोजनका लागि टाँगिएका अव्यवस्थित होडिङ बोर्डले बजारको शोभा बढाउनुको साटो घटाएको छ । बागलुङ नगरपालिकाको रामरेखा र कुश्मा नगरपालिकाको पाङ् जोड्ने झोलुङे पुलमा समेत होडिङ बोर्ड थालिएको छ ।

बागलुङ जिल्ला सदरमुकाम जोड्ने मुख्य प्रवेशद्वार हो मालढुङ्गा । अहिले मालढुङ्गा दिनानुदिन कुरुप बन्दै गएको छ । जथाभावी रुपमा टागिएका व्यावसायिक होर्डिङ बोर्डका कारण मालढुङ्गा कुरुप बन्दै गएको छ ।

प्रवेशद्वारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा साँस्कृतिक सम्पदाको चिनारी गराउनुपर्ने ठाउँमा अव्यवस्थित व्यवसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन् यतिसम्म कि बागलुङ प्रवेश गर्ने अतिथिलाई मदिराका होडिङ बोर्डले स्वागत गरिरहेका छन् ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले चुनावी प्रकृयामा जाँदा होडिङ बोर्डलाई व्यवस्थापन गरेर बगैँचा बनाउने भनेर घोषणा गर्नु भएको थियो । मेयरको घोषणा अर्को चुनाव आउने बेला हुन लागिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । मालढुङ्गा कुरुप बनिरहेको समयमा सरोकारवाला निकायले वास्ता नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।

मालढुंगा मात्रै नभइ बागलुङ नगरपालिका र कुश्मा नगरपालिका जोड्ने विश्वकै लामो झोलुङे पुलमा पनि होडिङ बोर्ड राख्न थालिएको छ । सन्देशमूलक बोर्ड बाहेकका अन्य बोर्ड तथा ब्यानरहरु हटाउनका लागि प्रक्रिया बढिरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

होडिङ बोर्ड, तथा विभिन्न खालका प्रचार सामग्री जभाभावी टाँस्दा नगरको सुन्दरता र पर्यटकीय दृष्टिकोणमा नकारात्मक असर पर्दछ । यो विषयमा नगरपालिकाले यथाशिध्र ध्यान दिन जरुरी देखिन्छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *