टोकियो ओलम्पिकमा चीन ४० पदकसहित शीर्ष स्थानमा

१६ साउन २०७८ टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा कायमै छ ।
आठौं दिनको समाप्तिमा चीन १९ स्वर्ण, १० रजत र ११ काँस्य जित्दै कूल ४० पदकसहित शीर्ष स्थानमा रहेको छ । हिजोसम्म कूल १ सय ३३ स्वर्ण पदकको छिनोफानो भैसकेको छ ।
त्यस्तै आयोजक जापान दोस्रो स्थानमा रहँदा अमेरिका तेस्रो स्थानमा छ । जापानले १७ स्वर्ण, ४ रजत र ७ काँस्य जित्दा अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ काँस्य पदक जितेको छ ।
यस्तै एक स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ । आज २१ स्वर्ण पदकका लागि विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ ।
परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
प्रतिक्रिया