राप्ती प्रादेशिक अस्पतालमा बिरामी तथा कुरुवालाई नि:शुल्क खाना अभियान (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ दाङ । दाङमा बिरामी तथा कुरुवालाई मध्यनजर गरी निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । रकम अभावका कारण कोही पनि भोकै बस्न नपरोस् भनेर तुलसीपुरमा रहेको अरनिको समीक्षालयमा अभियान शुरु गरिएको हो ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका बिरामी तथा कुरुवाका लागि खाना अभियान शुरु गरिएको छ । यो अभियान शुरु भएपछि बिरामी र कुरुवा खुसी भएका छन् ।
गुरुदेव धर्म विकास संस्था दाङले देशका विभिन्न ठाउँमा यसरी साँझ बिहान खाना खुवाउँदै आएको छ ।
राप्ती प्रादेशिक अस्पतालमा सल्यानका एक जना बिरामीको आमा पैसा अभावका कारणले २ दिनसम्म भोकै बसेको थाहा पाएपछि दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको पहलमा यो काम शुरु भएको हो ।
संस्थाले दुई महिनासम्म अस्पतालका बिरामी, कुरुवा र अन्य असहाय व्यक्तिलाई खाना खुवाउने भएको हो ।
अस्पतालले पछिल्लो समय गरिब दुःखीहरूका लागि विभिन्न रुपमा निःशुल्क उपचार गर्दै आइरहेको अवस्थामा यो निःशुल्क खाना खुवाउने अभियानले थप मद्दत पुग्ने अस्पतालको भनाइ छ ।
स्थानीय सरकार जुुन सुकै कुरामा पनि मुक दर्शक बनिरहेको बेला यसरी जिल्लामा रहेका विभिन्न संघ संस्थाले गरीव तथा बिपन्न परीवार हरु जसले पैसाको अभावका कारण अस्पतालमा खान समेत नपाएका व्यक्तिहरुलाई सहयोग गर्ने हो भने केही राहत मिल्ने छ ।
प्रतिक्रिया