समाज

बाँके राष्ट्रिय निकुञ्ज आसपासका राजमार्ग तथा बस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते १४:४५
बाँके राष्ट्रिय निकुञ्ज आसपासका राजमार्ग तथा बस्ती जोखिममा (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ बाँके । बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा बग्ने खहरे खोलामा ढुंगा, गिट्टी र बालुवाको सतह बढ्दै गएका कारण पूर्वपश्चिम राजमार्गको सडक, पुल जोखिममा परेका छन । वर्षातका बेला चुरे क्षेत्रबाट बग्ने खोलाले ढुंगा गिट्टी र बालुवा बगाएर ल्याउँदा खोलाको सतह वर्षेनी उकासिँदै गएको छ ।

निकुन्ज क्षेत्र भएर बग्ने परुवा, खोचे, गाबर, गन्धेली र मुगुवा खोलामा ढुंगा, गिट्टी र बालुवाको सतह उकासिँदै गएका कारण ती खोलामा आउने बाढीले राजमार्ग, पुल, सिक्टा सिचाई आयोजनाको नहर र बस्तीमा क्षति पुर्‍याउँदै आएको छ ।

२०६७ वैशाख ३० गते बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएपछि निकुञ्जभित्रका खोलामा ढुंगा, गिट्टी र बालुवा निकाल्न निषेध छ । जसले गर्दा खोलाको सतह वर्षेनी उकासिँदै गएको छ ।

जसले गर्दा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनले निकुन्ज क्षेत्रका खोला तथा नदीमा आउने बाढीले सडक,पुल र नहरमा क्षति गर्ने खतरा छ । त्यसैले त्यो क्षति कम गर्नका लागि के गर्न सकिन्छ भनेर अध्ययन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी सडक डिभिजन कार्यालय नेपालगन्ज, बाँके राष्ट्रिय निकुन्जका बार्डेनसहित सुरक्षा अधिकारीले स्थलगत अनुगमन गरेको छ ।

निकुन्ज क्षेत्र भएर बग्ने खोलाको सतह बढ्दै गएका कारण वर्षातका बेला खोला भएर बग्नु पर्ने बाढी जंगल क्षेत्रमा पसेर सडक, पुल र नहरमा गर्ने क्षतिलाई कम गर्न खहरे खोलामा थुप्रिएको ढुंगा, गिटटी र बालुवा निकाल्नु पर्ने देखिएको छ ।

बाँके निकुन्ज क्षेत्रमा चुरे क्षेत्रबाट बग्ने करिब ४३ वटा खहरे खोला छन । ढुंगा गिट्टी थुप्रिएका खोलाको सतह उकासिएर पुल सडक तथा नहरहरुमा हुन सक्ने क्षतिलाई कम गर्न जिल्ला प्रशासन र सडक कार्यालयसँग समन्वय गरेर पहल भई रहेको छ ।

२०७४ सालमा आएको बाढीले बाँके निकुन्ज क्षेत्र भएर बग्ने परुवा, खोचे, गाबर, गन्धेली र मुगुवा खोलामा निर्माण गरिएको पुल तथा सिक्टा सिचाई आयोजनाको नहरमा क्षति गरेको थियो । अहिले पनि निकुञ्जका खोला खोल्सीलाई व्यवस्थापन नगरे फेरि क्षति हुने खतरा कायमै छ ।

भिडियो लिङ्क हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *