नेपालगञ्जस्थित नम्बर ४ बाहिनीमा पृथ्वी नारायण शाहको शालिक अनावरण (भिडियो रिपोर्टसहित)
२०७८ साउन १५ गते १४:३६

१५ साउन २०७८ नेपालगञ्ज । नेपाली सेनाले नेपालगन्जस्थित नम्बर ४ बाहिनी परिसरमा तत्कालिन राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरेको छ ।
नेपाली सेनाको पश्चिम कमान्डका प्रमुख उपरथी प्रेम शाही र नेपालगन्ज उप महानगरपालिकाका प्रमुख डा धबल शम्सेर राणाले एक समारोहका बिच राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गर्नु भएको हो ।
नेपाल राष्ट्र निर्माणमा अतुलनीय योगदान गरेका पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्दै शालिक निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।
शाहले नेपाली सेनाको पहिलो पाँच वटा एकाइहरू खडा गरेर आधुनिक नेपाली सेनाको आधारशिला खडा गर्नुभएको थियो ।
अहिलेको नेपाली सेनालाई राजा पृथ्वीनारायण शाहले बनाएको सेना र स्थापना गरेको पद्धतिको निरन्तरता मानिन्छ ।
प्रतिक्रिया