खेलकूद

टोकियो ओलम्पिकको ११२ स्वर्णको छिनोफानो हुँदा चीन शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ साउन १५ गते ८:३७
टोकियो ओलम्पिकको ११२ स्वर्णको छिनोफानो हुँदा चीन शीर्ष स्थानमा

१५ साउन २०७८ टोकियो । विश्व खेलकूदको कुम्भमेला ३२ औं गृष्मकालीन टोकियो ओलम्पिकमा कुल १ सय १२ स्वर्ण पदकको छिनोफानो भएको छ ।

ओलम्पिकको आठौं दिन शुरु हुँदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

चीनले १५ स्वर्ण पदकसहित कुल ३१ पदक जितेको छ । दोस्रो स्थानको आयोजक जापानले १५ स्वर्ण पदकसहित कुल २५ पदक जितेको छ ।

यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ३८ पदक जितेको छ । रसियन ओलम्पिक टिम ८ स्वर्णसहित कुल २८ पदक जितेर चौंथो स्थानमा रहँदा अष्ट्रेलिया ८ स्वर्णसहित कुल २० पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३र३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो रहेका छन् ।

अहिलेसम्म ३९ देशले स्वर्ण पदक जितेका छन् । एक स्वर्ण जित्ने राष्ट्रको संख्या २३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्