नेपाली एथलेटिक्स खेलाडी चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाट बाहिर
१५ साउन २०७८ काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन्।
महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्।
सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ति मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्। जापानमा जारी टोकियो ओलम्पिकमा नेपाल सहभागी सबै खेल सकिएको छ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वतीले महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् ।
यस स्पर्धामा सरस्वतीले आफ्नै उत्कृष्ट समय १२ दशमलव ५५ सकेन्डलाई तोड्न पनि सफल भइनन् । यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।
सन् १९९९ को साग गेम्समा पनेरुले १२ दशमलव २० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
प्रतिक्रिया