खेलकूद

टोकियो ओलम्पिकमा ३ स्वर्णसहित जापान शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ साउन १४ गते ९:०९
टोकियो ओलम्पिकमा ३ स्वर्णसहित जापान शीर्ष स्थानमा

१४ साउन २०७८ टोकियो । जापानको राजधानी टोकियोमा जारी ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ ।

जसमा कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ, भने चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

हिजो नेपाली पौडी खेलाडी गौरिका सिंहले हिजो प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेपनि ओलम्पिकमा भने हिट चरणबाटै बाहिरिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्