एन्फाले बोलायो केन्द्रीय कार्यसमितिको आपतकालिन बैठक
१३ साउन २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले शुक्रबार केन्द्रिय कार्य समितिको आपतकालिन बैठक बोलाएको छ ।
पछिल्लो समय मुख्य प्रशिक्षक अब्दुल्लाह अल्लमुताइरीले राजीनामाको घोषणा गर्दा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङमाथि आरोप लगाएपछि बैठक बोलाइएको हो । मुख्य प्रशिक्षकको राजीनामा घोषणामा आफ्नो नाम जोडिएपछि छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता गराएका थिए ।
वरिष्ठ उपाध्यक्ष नेम्बाङले एन्फा चुनावलाई लक्षित गर्दै आफुमाथि षडयन्त्र भएको र मुख्य प्रशिक्षकको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । राजिनामा घोषणापछि प्रशिक्षक अलमुताइरी प्रशिक्षणमा सहभागी भएका छैनन् ।
त्यस्तै, दक्षिण एसियाली फूटबल फेडेरेशनले आइतबार नै साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फालाई गरेको प्रस्तावमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया