आर्थिक
नेपालमा रोयल इन्फिल्डको मेटोर मोडलको मोटरसाइकल विक्री शुरु (भिडियो रिपोर्टसहित)
२०७८ साउन १३ गते १४:३२

१३ साउन २०७८ काठमाडौं । मोटर साइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटोर नेपाल भित्रिएको छ ।
विवेक अटोमोवाइल्सले ३ सय ५० सिसीका मेटोर बाइकका तीन भेरियन्ट नेपाल ल्याएको हो । फायर वल, स्टलर र सुपरनोभा भेरियन्टको आजैदेखि विक्री थालिएको विवेक अटोमोबाइल्सले जनाएको छ ।
कम्पनीका अनुसार युवा पिँढीलाई लक्षित गरेर बनाइएका यी बाइक सुरक्षित छन् ।
फायर वल भेरियन्टको मूल्य ६ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै स्टलर भेरियन्टको मूल्य ६ लाख १७ हजार र सुपरनोभा भेरियन्टको मूल्य ६ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।
यी बाइक भिन्न भिन्न ७ वटा रंगमा उपलब्ध छ । विवेक अटोमोवाइल्सका देशभर रहेका १९ वटा शाखा तथा शोरुममा यी बाइक उपलब्ध छन् ।
प्रतिक्रिया