खेलकूद

टोकियो ओलम्पिकको पौडीतर्फ आज नेपाली खेलाडी गौरिकाले प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ साउन १३ गते ९:१२
टोकियो ओलम्पिकको पौडीतर्फ आज नेपाली खेलाडी गौरिकाले प्रतिस्पर्धा गर्दै

१३ साउन २०७८ टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीमा अर्का एकजना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

ओलम्पिक छैटो दिन आज पौडीतर्फ गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको एक सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट वानमा रहेकी छिन् ।

यस हिटमा ४ जना खेलाडी रहेकोमा उनी लेन फाइभमा छिन् । हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरु हुनेछ ।

१३ औं सागकी स्वर्ण पदक विजेता गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छिन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान छ । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् ।

यसअघि हिजो एलेक्जेन्डर शाहले प्रतिस्पर्धा गरिसकेका छन् । उनले पुरुषतर्फ एक सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए । उनले ५३ दशमलव ४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएपनि हिट चरणबाटै बाहिरिएका थिए ।

यसैबीच पदक तालिकामा चीन फेरी शीर्ष स्थानमा फर्किएको छ । प्रतियोगिताको पाँचौ दिनको खेल सकिंदा चीन १० स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित शीर्ष स्थानमा पुगेको हो ।

आयोजक जापान दोस्रो स्थानमा छ । उसले १० स्वर्ण, ४ रजत र ५ कास्य जित्दा तेस्रो स्थानको अमेरिकाले ९ स्वर्ण, ८ रजत र ८ कास्य जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्