समाज

जग्गा दिएका स्थानीय अहिले किन भए असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १३ गते ६:४१
जग्गा दिएका स्थानीय अहिले किन भए असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

१३ साउन २०७८ बागलुङ । बागलुङ नगरपालिका वडा ४ उपल्लाचौर दावगरामामा आधुनिक बसपार्क निर्माणको अन्तिम चरणमा रहेको छ । एक दशकअघि बसपार्क निर्माणका लागि आफ्नो जग्गा खुशीसाथ दिएका स्थानीय अहिले नगरपालिकाप्रति आक्रोशित छन् ।

बसपार्क निर्माणपछि ५० प्रतिशत जग्गा विकसित घडेरीको रुपमा फिर्ता हुने सम्झौता कार्यान्वन नभएपछि उपल्लाचौरका जग्गाधनी अहिले नगरपालिकाप्रति आक्रोशित भएका हुन् ।

नगरपालिकाले सम्झौता अनुरुप काम नगरेको भन्दै जग्गादाता बागलुङ नगरपालिकासँग आक्रोशित भएका छन् । करिब १७ वर्ष अघि ५१ जग्गादाताले करिब ५९ रोपनी जग्गा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि दिएका थिए ।

तर, आधुनिक बसपार्कसंगै विकसित घडेरी पाउने भनेर गरिएको सम्झौता भने कार्यान्वयन भएको छैन । २०७१ साल पुस २२ गते नगरपालिका र जग्गा व्यवस्थापन समितिबीच १२ बुँदे सहमति भएको थियो । तर त्यो अहिले कार्यान्वयन नभएको जग्गाधनीको गुनासो छ ।

बागलुङ नगरपालिकाले ऋण लिएर बसपार्क निर्माण अघि बढाएको थियो । संघीय सरकारले झन्डै एक करोड अनुदान पनि दिएको छ । नगरपालिकाले विगतका आर्थिक वर्षमा जग्गा व्यवस्थापनका लागि कम रकम दिएर झारा टार्ने काम मात्रै गरेको जग्गा बिकास तथा व्यवस्थापन समितिको आरोप छ ।

बागलुङ नगरपालिकाले भने यो विषयमा योजना बनिरहेको जनाएको छ । जग्गा व्यवस्थापनका लागि प्रदेश सरकारसँग बजेट माग गरे पनि विनियोजन नभएकाले समस्या भएको उसको तर्क छ ।

आशिष सेवा जेभीले वि.सं. २०७६ सालमा सक्ने गरी बसपार्क निर्माणको ठेक्का पाएको थियो । तीन पटक म्याद थप गरेर गत बैशाख २५ गतेसम्म समय थप गरिएको थियो । तर अझै काम सम्पन्न भएको छैन । आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *