समाज

बौद्ध धर्मावलम्बीको ३ महिने वर्षाबास शुरु ९ विदेशीसहित २१ भिक्षु सहभागी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १५:२३
बौद्ध धर्मावलम्बीको ३ महिने वर्षाबास शुरु ९ विदेशीसहित २१ भिक्षु सहभागी (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ कपिलवस्तु । बुद्ध धर्मावलम्बीको महत्वपूर्व पर्व मानिने ३ महिने वर्षाबास शुरु भएको छ ।

कपिलवस्तु, लुम्बिनी र रामग्रामका विभिन्न बिहार र गुम्बामा ९ विदेशीसहित २१ भिक्षु वर्षाबास बसेका छन् ।

भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले मंगलपाठ गरेर पूजाआजा गरी लुम्बिनीस्थित नव मैत्री महाबिहारमा दुई शिष्यसहित वर्षाबास शुरु गर्नु भएको छ । असारदेखि असोज पूर्णिमासम्म वर्षाबास हुन्छ ।

यो बेला भिक्षु भिक्षुणीलाई आवश्यक चीवर (पहेलो वस्त्र), खाने कुरा, ओढने ओछयाउने वस्त्र र औषधिमुलोका सबै खर्च उपासक उपासिकाले दान दिने चलन छ ।

बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटी कमजोरीको प्रायस्चित गर्नका लागि भिक्षु–भिक्षुणी वर्षाबास बस्ने गर्छन् । वर्षाबासका बेला एक छाक मात्रै खाएर सॉझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गरिन्छ ।

यो वर्ष लुम्बिनी र कपिलवस्तुमा थाइल्याण्डका ३, श्रीलंका, म्यानमार र कम्बोडियाका २–२ तथा १२ जना नेपाली भिक्षु वर्षाबास बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *