खेलकूद

एसिया कपमा छनोट हुन् लक्ष्यसहित राष्ट्रिय महिला फूटबल टिम प्रशिक्षणमा व्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १५:०३
एसिया कपमा छनोट हुन् लक्ष्यसहित राष्ट्रिय महिला फूटबल टिम प्रशिक्षणमा व्यस्त (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । भदौ २८ देखि असोज ९ गतेसम्म हुने एशिया कप महिला फूटबल छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ । समूह एफ मा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसहित तयारी अघि बढाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा महिला खेलाडीले अहिले पसिना बगाइरहेका छन् । उनीहरुले सेप्टेम्बरमा काठमाडौंमा नै हुने एशिया कप महिला फुटबलको छनौटका लागि यो तयारी गरिरहेका हुन् ।

नेपाल रहेको समूह एफमा फिलिपिन्स र हङकङ छन् । यो समूहमा विजेता बन्दै एसिया कप खेल्ने लक्ष्य नेपाली टोलीले राखेको छ । नेपाली टोलीका लागि यो ठूलो अवसर भएकाले खेलाडीले मिहिनेत गरिरहेका हुन् ।

प्रशिक्षणका लागि नेपाली टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडी छनौट गरेका हुन् । तर उनी अहिले देश बाहिर रहेकाले एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेर तयारीलाई तीब्रता दिइरहेको हो ।

घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल लागि नेपाली महिला टोलीले तयारी राम्रो गरिरहेको छ एसिया कपका लागि छनोट हुनेमा खेलाडी आशावादी छन् ।

चोटका कारण हाल कतारमा उपचार गराइरहेकी सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी भने टोलीबाट बाहिर हुनेछिन । बन्द प्रशिक्षणमा रहेका नयाँ खेलाडी राम्रो प्रदर्शन गर्दै टोलीमा पर्ने विश्वासमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्