खेलकूद

टोकियो ओलम्पिकमा आज नेपाली खेलाडीले पौडीमा प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ साउन १२ गते ७:३८
टोकियो ओलम्पिकमा आज नेपाली खेलाडीले पौडीमा प्रतिस्पर्धा गर्दै

१२ साउन २०७८ न्युयोर्क । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

ओलम्पिक पाँचौ दिन आज पौडीतर्फ एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्नेछन् । नेपालका नम्बर एक पुरुष खेलाडी एलेक्सले पुरुष १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

उनको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट वानमा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् ।

हिट वानमा प्यालेष्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी छन् । यस लेनमा एलेक्सको समय भन्दा पछाडी तीन खेलाडी छन ।

एलेक्सको इन्ट्रि टाइमिङ ५६ दशमलव २८ सेकेण्ड रहेको छ । टोकियो ओलम्पिकमा पौडीमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

गौरिका सिंहको प्रतिस्पर्धा भोलि छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् । यसैबीच पदक तालिकामा आयोजक जापान शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगिताको चौथो दिनको खेल सकिंदा जापान ८ स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित शीर्ष स्थानमा पुगेको हो ।

अमेरिका दोस्रो स्थानमा छ । उसले ७ स्वर्ण, ३ रजत र ५ कास्य जितेको । त्यस्तै तेस्रो स्थानको चीनले ६ स्वर्ण, ५ रजत र ७ कास्य जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्