समाज
बर्दिया र कैलाली जिल्ला जोड्ने सत्तिघाट पुल धसियो (भिडियो रिपोर्टसहित)
२०७८ साउन ११ गते १८:०४
११ साउन २०७८ बर्दिया । बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली नदीमा निर्माण भएको सत्तिघाट पुल धसिएको छ ।
कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुलको २ वटा स्पान भासिएको हो । २ वटा स्पान भासिएसँगै पुल बाङ्गो भएको छ । ५ सय ३१ मिटर लम्बाईको पुलको पूर्वतर्फको स्पान्सन जोएन्ट करिव १० सेन्टिमिटर भासिएको छ ।
सत्तिघाट पुलमा प्राविधिक टोलीले अहिले सर्वे गरिरहेको छ । करिब ४५ करोडको लागतमा २०७२ सालमा रसुवा जेभिले यो पुल निर्माण गरेको थियो ।
यसअघि पनि समस्या देखिएपछि मर्मत गरेर पुल संचालन गरिएको थियो । फेरि भासिएपछि स्थानीयबासिन्दा चिन्तित छन् ।
बर्दिया र कैलाली जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको चिसापानी पुलबाहेक सत्तिघाट मात्र विकल्प छ ।
प्रतिक्रिया