खेलकूद

पाकिस्तानी टिमका पूर्वकप्तान अफ्रिदीले ईपीएल खेल्ने

हिमालय टिभी
२०७८ साउन ११ गते १६:०४
पाकिस्तानी टिमका पूर्वकप्तान अफ्रिदीले ईपीएल खेल्ने

११ साउन २०७८ काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लीग (ईपीएल) खेल्ने भएका छन् ।

अफ्रिदीले चौथो संस्करणको ईपीएलमा काठमाडौं किंग्स इलाभेनबाट खेल्ने पक्का भएको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

काठमाडौं किंग्सले गरेको पत्रकार सम्मेलनमा विदेशी खेलाडीका रुपमा अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी दिइएको हो । नेपाली लीग खेल्न आउने उनी अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन् ।

अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले एकदिवसीय क्रिकेटमा ८ शतक र ३९ अर्धशतकसहित ८ हजार भन्दा बढी रन बनाएका छन् ।

ईपीएल क्रिकेट असोज ९ गतेदेखि २३ सम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्