खेलकूद

जापानकी १३ वर्षीया किशोरी निसियाले जितिन् टोकियो ओलम्पिकमा स्वर्ण पदक

हिमालय टिभी
२०७८ साउन ११ गते १३:४३
जापानकी  १३ वर्षीया किशोरी निसियाले जितिन् टोकियो ओलम्पिकमा स्वर्ण पदक

११ साउन २०७८ टोकियो । जापानकी १३ वर्षकी किशोरी निसिया मोमोजीले टोक्यो ओलम्पिकको स्ट्रिट स्केटबोर्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

यससँगै मोमोजी ओलम्पिकको इतिहासकै सबैभन्दा कम उमेरको स्वर्ण पदक जित्ने दोस्रो खेलाडी बनेकी छन् । उनी जापानकी सबैभन्दा कम उमेरको ओलम्पिक स्वर्ण पदक विजेता बनिन् ।

हिजो स्केटर युतो होरिजोमले पहिलो स्वर्ण दिलाएको भोलिपल्ट नै निसियाले जापानका लागि अर्को स्वर्ण जितिन् ।

यसअघि सन् १९ सय ३६ को बर्लिन ओलम्पिकमा १३ वर्षकै उमेरमा अमेरिकाकी मार्जोरी गेस्ट्रिङले स्वर्ण जितेकी थिइन् । उनले स्वर्ण जित्दा उनी निसियाभन्दा एक महिना कान्छी थिइन् ।

गत शुक्रबारदेखि जापानको राजधानी टोक्योमा जारी प्रतियोगितामा चीन पदक तालिकामा शीर्ष स्थानमा कायमै छ ।

चीनले ६ स्वर्ण, २ रजत र ६ कास्य पदक जितेको छ । त्यस्तै अमेरिका र आयोजक जापानले उसलाई पछ्याइरहेका छन् । अमेरिका र जापानले पनि ६र६ स्वर्ण जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्