बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्की जर्मनी फूटबलर अफ द इयर
११ साउन २०७८ काठमाडौं । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मनी फुटबलर अफ द इयर चुनिएका छन् ।
फूटबल पत्रिका किकरले लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो । जर्मनीको खेल पत्रकारहरुको मतका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन् ।
३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जिते । उनले ३ सय ५६ भोट ।
गत सिजन जर्मन बुन्डेसलिगा फूटबलमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका थिए । च्याम्पियन टोली बायर्नका लेवान्डोस्कीले ४१ गोल गरेका थिए ।
लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए ।
उता महिलातर्फ निकोल बिलाले प्लेयर अफ द इयर अवार्ड हात पारिन् । जर्मन म्यानेजर अफ द इयर अवार्ड थोमस टुचेलले पाए ।
प्रतिक्रिया