विदेश

अमेरिकामा फेरि कोरोना संक्रमण बढ्ने चेतावनी

हिमालय टिभी
२०७८ साउन ११ गते ८:१२
अमेरिकामा फेरि कोरोना संक्रमण बढ्ने चेतावनी

११ साउन २०७८ न्युयोर्क । अमेरिकामा फेरि कोरोनाको संक्रमण बढ्ने चेतावनी जारी भएको छ ।

वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले महामारी रोकथामका लागि अमेरिका गलत दिशातर्फ बढिरहेको भन्दै खोप कार्यक्रमलाई व्यापकता बनाउनुपर्नेमा जोड दिए ।

कोरोनाविरुद्धको खोप नलगाएकामा संक्रमण बढिरहेकाले अवस्था फेरि भयावह हुन सक्ने उनको चेतावनी छ । अमेरिकामा कोरोनाको डेल्टा भेरिएन्ट तीव्ररुपमा फैलिरहेकाले फेरि मास्क प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

यसका लागि फाउचीले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । खोपको दोस्रो मात्रा लगाएकाले पनि अनिवार्यरुपमा मास्क लगाउनुपर्ने फाउचीको सुझाव छ ।

राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार समेत रहेका फाउचीले लस एञ्जल्स, काउन्टीलगायत क्षेत्रमा संक्रमण बढिरहेको बताए खोप नलगाएकाले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिंदा समस्या भएको उनको भनाइ छ ।

उनले कमजोर व्यक्तिलाई प्रतिरक्षा बढाउने किसिमको खोप दिने बारे पनि भइरहेको बताए । क्रिसमसपछि नयाँ लहर आउनसक्ने उनको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *