खेलकूद

मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा घोषणासँगै एन्फाभित्रको बेथिति बाहिरिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १८:१४
मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा घोषणासँगै एन्फाभित्रको बेथिति बाहिरिँदै (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

प्रशिक्षकको राजीनामा घोषणसँगै फेरि एक पटक एन्फाभित्रको बेथिति बाहिर आएको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाहले फेसबुकमार्फत् टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिने जानकारी दिएका हुन्। अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले पछिल्लो ३ सातादेखि आफूलाई समस्यामा पार्न खोजेको कारण राजीनामा दिन लागेको अब्दुल्लाहले लेखेका छन् ।

तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने प्रशिक्षकले आफूमाथि झुटो आरोप लगाएको दाबी गरेका छन् ।आफ्नो कारणले राजीनामा दिने अवस्थामा पुगेको अल्मुताइरीको आरोप निराधार रहेको नेम्वाङको तर्क छ ।

नेम्वाङले यस विषयमा सत्यतथ्य छानबिनका लागि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा समक्ष माग गरेका छन् ।

यता एन्फा प्रवक्ता किरण राईले अनुसार प्रशिक्षक अल्मुताइरीले सामाजिक संजालमार्फत् राजीनामा दिने बताए पनि औपचारिक रुपमा पत्र नपठाएको बताए ।

प्रशिक्षक अल्मुताइरीले फेसबुकमा राजीनामाको घोषण गरेपछि एन्फा अध्यक्ष शेर्पासँग भएको छलफलमा राजीनामा नदिन आग्रह गरेको प्रवक्ता राईले जानकारी दिएका छन् ।

कतार फूटबल संघको सहयोगमा गत चैतमा राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आएका उनको प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कप छनौटका ३ गरी कुल ४ खेल खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्