आर्थिक

१८ जना युवाद्वारा ९५ बिगाहा क्षेत्रफलमा सामूहिक तरकारी खेती शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १७:२२
१८ जना युवाद्वारा ९५ बिगाहा क्षेत्रफलमा सामूहिक तरकारी खेती शुरु (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ चितवन । चितवनका युवाले मिलेर सामूहिक तरकारी खेती शुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ का १८ जना युवाले करिब ९५ बिगाहा क्षेत्रफलमा सामूहिक तरकारी खेती शुरु गरेका हुन् ।

यो तरकारी खेती भएको ठाउँ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ मा पर्छ । र, यहाँ ९५ बिगाहा जग्गामा यसरी खेती भैरहेको छन् । अरु युवा विदेशतिर आकर्षित हुँदा यहाँका १८ जनालाई विदेशमा होइन, घरमै केही गरौं भन्ने लाग्यो अनि जन्मियो युवा आधुनिक सामूहिक खेती ।

छुट्टाछुट्टै १८ वटा ब्लक बनाएर तरकारी उत्पादन भैरहेको छ यहाँ। भरतपुरमा भेन्टा, बोडी, टमाटर, काउलीलगायतका तरकारी फलाएर स्थानीय बजार मात्रै होइन, काठमाडौँ, पोखरासहितका मुख्य बजारसम्म पठाउँछन ।

सबैले एउटै व्यापारीलाई तरकारी दिन्छन् । यसो गर्दा आफूलाई पनि केही फाइदा हुने किसान बताउँछन् ।

सामूहिक रुपमा तरकारी खेती गरेकाहरुलाई कृषि ज्ञान केन्द्र चितवनले थोपा सिंचाइ, टनेल, मिनी टेलर जस्ता उपकरण अनुदान सहयोग गरेको छ । सँगै पढेका एउटै गाउँ ठाउँका युवाले मिलेर गरेको यो खेतीबाट आम्दानी पनि राम्रो भइरहेको छ । त्यसैले उनीहरु खुसी छन् ।

भरतपुरमा शुरु गरिएको सामूहिक खेतीमा विदेश गएर फर्किएका तथा विदेश जाने तयारी गरेका युवाहरु समेत संलग्न छन् । सरकारले कृषिमा अनुदान मात्रै बढाएर भन्दा पनि किसान र उपभोक्तालाई ठग्ने बिचौलिया नियन्त्रण गर्नु जरुरी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *