राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा
१० साउन २०७८ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
कुवेती प्रशिक्षक अब्दुल्लाहले फेसबुकमार्फत् टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिने जानकारी गराएका हुन् ।
अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पछिल्लो ३ सातादेखि आफूलाई समस्यामा पार्न खोजेका कारण राजीनामा दिन लागेको अब्दुल्लाहले लेखेका छन् ।
साफ च्याम्पियशीपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण गराइरहेका अल्मुताइरीको राजीनामा एन्फाभित्र पछिल्लो समय उत्पन्न विवादकै क्रम मानिएको छ ।
कतार फूटबल संघको सहयोगमा गत चैतमा राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आएका उनको प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कप छनौटका ३ गरी कुल ४ खेल खेलेको थियो ।
प्रतिक्रिया