खेलकूद

आयरल्याण्डविरुद्धको तीन खेलको क्रिकेट श्रृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिन स्विप

हिमालय टिभी
२०७८ साउन १० गते ७:४९
आयरल्याण्डविरुद्धको तीन खेलको क्रिकेट श्रृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिन स्विप

१० साउन २०७८ काठमाडौं । घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ ।

तेस्रो तथा अन्तिम खेल ४९ रनले जित्दै अफ्रिकाले श्रृंखला ३० ले जितेको हो । दक्षिण अफ्रीकाले दिएको १ सय ९० रनको लक्ष्यसहित मैदान ओर्लेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्र जोड्न सक्यो ।

आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले २७ रन बनाए । त्यस्तै क्रेग योङ २२ तथा लोर्कन टुकर १९ रनमा आउट भए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र वियान मुल्डेरले समान २(२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अफ्रिकाले निर्धारित २० ओभरमा मात्र २ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । उसका लागि कप्तान टेम्बा बाभुमाले ७२ तथा रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै डेभिड मिलर ३६ रनमा अविजित रहे । बलिङमा आयरल्याण्डका सिमी सिंह र बेरी म्याककार्थीले १–१ विकेट लिए । अफ्रिकाले पहिलो खेल ३३ तथा दोस्रो खेल ४२ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्