आर्थिक वर्ष २०७७/०७८ : कोरोना महामारीका कारण विदेशी लगानी घट्यो (भिडियो रिपोर्टसहित)
९ साउन २०७८ काठमाडौं । कोरोना माहामारीका कारण गत आर्थिक वर्षमा विदेशी लगानी घटेको छ । उद्योग विभागका २०७७–०७८ मा अघिल्लो वर्षको तुलनामा उद्योगको संख्या र लगानी घटेको हो ।
२०७६–०७६ मा २ सय २३ विदेशी लगानीका उद्योग दर्ता भए पनि गत आर्थिक वर्षमा बिदेशी लगानीका उद्योग दर्ताको सख्या घटेर एक सय ८३ वटा पुगेको छ । गत वर्ष विदेशी लगानी ४० अर्बको लगानीको अपेक्षा गरिएको भने पनि ३२ अर्बमा सिमित भएको छ ।
नेपाललाई विदेशी लगानीको लागि भर्जिन ल्याण्डको रुपमा चित्रित गरिए पनि अपेक्षाकृत रुपमा विदेशी लगानी भित्रन सकेको छैन । लगानी भित्राउनका लागि भनेर बिदेशी लगानी तथा प्रविधि हस्तारण ऐन, लगानीमैत्री नीति तथा कार्यक्रम ल्याएपनि लगानीकर्ता नेपालमा लगानी गर्न खासै इच्छुक देखिएका छैनन् । त्यसैमाथि विश्वभरी देखिएको कोराना महामारीको गत आर्थिक वर्षमा विदेशी लगानी सोचे अनुसार आउन सकेन ।
आर्थिक वर्ष२०७६–०७६ मा २ सय २३ उद्योग दर्ता भई ३७ अर्ब ८० करोड रुपैयाँको विदेशी लगानीको प्रतिवद्धता आएको थियो । तर गत वर्ष त्यो घट्यो । गत आर्थिक वर्षमा विदेशी लगानी ल्याउने गरी १ सय ८३ वटा मात्र उद्योग दर्ता भए । जसमध्ये १ सय १ वटा उद्योग पर्यटन क्षेत्रसँग सम्बन्धित छन् ।
विदेशी लगानी स्वीकृत भएकामध्येमा चीन र भारतबाट लगानीको प्रतिबद्धता धेरै आएको छ ।
प्रतिबद्धताको ३० प्रतिशतको हाराहारीमा मात्र विदेशी लगानी कार्यान्वयनमा आउने गरेको छ । विदेशी लगानी भित्र्याउनका लागि भनेर सकाररले लगानी सम्मेलनदेखि उद्योग दर्ताको लागि एकद्वार नीति समेत ल्याएको छ । तर पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । त्यसैले लगानी भित्र्याउनका लागि आकर्षक प्याकेजको आवश्यकता देखिएको छ ।
विभागमा एक वर्षको अवधिमा २ सय ३ वटा स्वदेशी तथा विदेशी नयाँ उद्योग दर्ता भएका छन् । एक खर्ब ५६ अर्ब रुपैयाँको लगानीमा मात्र आएको छ । अघिल्लो वर्ष भने २ सय ७७ उद्योग दर्ता थिए जसमा १ खर्ब ५२ अर्बको लगानीको प्रतिवद्धता आएको थियो ।
गत आर्थिक वर्षमा सरकारले विदेशी लगानीको लागि न्युनतम ५ करोडभन्दा माथिको लागानी गर्नु पर्ने व्यवस्था गरेका कारण गत आर्थिक वर्षमा उद्योगको दर्ता कम भएको विभागले जनाएकोे छ ।
प्रतिक्रिया